Market Closed

कोरोना महामारी– विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो

23 May,2020
  • corona_6_5_22_2020_9_33_08_5_23_2020_10_56_27.jpg
नेपाली पैसा  

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ लाख ४ हजार ३४० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४० हजार ४ पुगेको छ । हालसम्म २१ लाख ५८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्कीएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना भाइरसबाट ९७ हजार ६४७ जनको मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा संक्रमितको संख्या १६ लाख ४५ हजार ९४ पुगेको छ । अमेरिकामा ४ लाख ३ हजार २०१ जना उपचारपछि डिस्चार्ज भएका छन् । 
 
अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु भएको बेलायतका हालसम्म ३६ हजार ३९३ जनाको मृत्यु भएको छ भने २ लाख ५४ हजार १९५ जना संक्रमित रहेका छन् । यता, रुसमा पनि पछिल्लो समय संकमितको संख्या पनि दिनप्रतिदिन बढेको छ । अमेरिकापछि सबैभन्दा धेरै संक्रमित रहेको रुसमा ३ लाख २६ हजार ४४८ संक्रमित हुँदा ३ हजार २४९ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ८१ हजार ९०४ पुगेको छ भने २८ हजार ६२८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख २८ हजार ६ पुग्दा ५८ हजार पुग्दा ३२ हजार ६१६ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८२ हजार २१९ हुँदा २८ हजार २८९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३ लाख ३२ हजार ३८२ जना संक्रमित हुँदा २१ हजार ११६ जनाको मृत्यु भएको छ । पछिल्लो समय ब्राजिलमा संक्रमित र मृत्यु हुनेको दर उच्च रुपमा बढेको छ । त्यस्तै, जर्मनीमा १ लाख ७९ हजार ७१३ जना संक्रमित हुँदा ८ हजार ३५२ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ५४ हजार ५०० संक्रमित हुँदा ४ हजार २७६ को ज्यान गएको छ । इरानमा १ लाख ३१ हजार ६५२ जना संक्रमित हुँदा ७ हजार ३०० जनाको ज्यान गएको छ । 
 
दक्षिण एशियाली देश भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढीरहेको छ । भारतमा हालसम्म १ लाख २५ हजार १०१ संक्रमित हुँदा ३ हजार ७२६ जनाको मृत्यु भएको छ ।  पेरुमा १ लाख ११ हजार ६९८ जना संक्रमित हुँदा ३ हजार २४४ जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो एक दिनमा कुनैपनि नयाँ संक्रमित थपिएका छैनन् । चिनमा हालसम्म ८२ हजार ९७१ जना संक्रमित हुँदा मृतकको ख्या ४ हजार ६३४ छ ।

पाकिस्तनमा ५० हजार ६९४ संक्रमित हुँदा १ हजार ६७ जनाको ज्यान गएको छ । बंगलादेशमा ३० हजार २०५ संक्रमित हुँदा ४३२ को मृत्यु भएको छ । जापानमा १६ हजार ५१३ जना संक्रमित हुँदा ७९६ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ५४८ जना संक्रमति फेला पर्दा ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३ जनाको भने मृत्यु भएको छ ।    
   
 

Post Your Comment