Market Closed

गोकर्णेश्वर शिवचोकका ७ घर सिल

26 May,2020
  • gokarneshworr_5_26_2020_9_10_39.jpg


काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका ७ घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले राससलाई जानकारी दिए । संक्रमितको घरमा ३  जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो ।
 
परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्र«ेसिसिङ गरी परीक्षण गरिने पनि उनले बताए । नगरपालिकामा यो दोस्रो संक्रमण भएको प्रवक्ता मनोजकुमार ढुंगानाले बताए । पहिलो संत्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडीटी परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए ।  नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पीसीआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
 
रासस

Post Your Comment