Market Closed

काठमाडौंको टोखा क्षेत्र सिल

26 May,2020
  • tokha-tmail-nepal_5_26_2020_9_26_29.jpg
 
 
काठमाडौं : टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि ती  क्षेत्र सिल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये टोखा नगरपालिकाका २ जना रहेका छन् । टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने २ पुरुषमा कोरोना देखिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका २ व्यक्तिमा कोरोना देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।  टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । त्यसमध्ये २ जनामा पीसीआर भाइरस पुष्टि भएको हो । 

Post Your Comment