Market Closed

ट्विटर र फेसबुकलाई ‘तह’ लगाउन ट्रम्पले जारी गरे नयाँ निर्देशन

29 May,2020
  • trump-2_5_29_2020_2_12_58.jpg
 
 
काठमाडौ : ट्विटरले अमेरिकी राष्ट्रपतिको एक ट्विीटमा तथ्य जाँच्नका लागि प्रयोगकर्तालाई सचेत गराएपछि ट्रम्प आक्रोशित बनेका छन् । उनका ट्विीटमा तथ्य जाँच्ने चिन्ह राखिएपछि उनले ट्विटर, फेसबुक तथा गुगल सामाजिक सञ्जालहरुलाई तत्काल ठीक पार्न नयाँ कार्यकारी निर्देशन पनि जारी गरेका छन् । यो कार्यकारी निर्देशनले सामाजिक सञ्जालहरुको अधिकार सीमित पारिदिन सक्नेछ ।



तथापि, यस सम्बन्धी मद्दा अदालतमा दायर गर्न सकिने भएकाले अन्तिम अधिकार भने ट्रम्पलाई पनि नरहेको बीबीसीले लेखेको छ । ट्रम्पले कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल संस्थाको कानुनी अधिकारलाई सीमित पारिदिएका हुन् । आफ्ना दुई ट्वीटले भ्रम सिर्जना गर्नसक्ने भन्दै ट्विटरले तथ्यजाँच गर्न प्रयोगकर्ताहरूलाई सुझाव दिएपछि ट्रम्पले तत्कालै यस आदेशमा हस्ताक्षर गरेका हुन् ।

 
ट्रम्पले फेसबुक, ट्विटर र गुगल लगायतका कम्पनीहरूले असीमित अधिकार पाएको र अहिले उनीहरुले त्यसको दुरुपयोग गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालले मानिसहरूको स्वतन्त्र विचारलाई सीमित पार्न खोजेको पनि उनको आरोप छ । सामाजिक सञ्जालहरु एउटा पक्षको मात्र पृष्ठपोसक वा एकपक्षीय भएको आरोप समेत ट्रम्पले लगाएका छन् । 

 
बुधवार ट्रम्पले ट्विटरलाई चुनावमा हस्तक्षेप गरेको आरोप पनि लगाएका थिए । अमेरिकी कानुन अनुसार सामाजिक सञ्जाल संस्थाहरु सामान्यतः प्रयोगकर्ताले लेखेका विषयप्रति जिम्मेवार हुँदैनन् । तर प्रकाशित कुनै कुरा गैरकानुनी भए आवश्यकता अनुसार ढंगबाट प्रतिबन्ध लगाउन भने सक्छन् ।  
 
बीबीसी
 

Post Your Comment