Market Closed

नेपालमा कोरोनाबाट थप १ को मृत्यु, ६ जना पुग्यो

29 May,2020
  • corona_31_5_29_2020_4_38_23.jpg
नेपाली पैसा
 
काठमाडौं : शुक्रबार मात्रै थप १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसँसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १२ सय १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० जना नयाँ संक्रमित थपिएका हुन् । 
 
देवकोटाका अनुसार संक्रमित हुनेमा रौतहटका ५६, कपिलवस्तुका ५२, झापाका २८, सप्तरीका ४ र बाराका ४ जना रहेका छन् । त्यसैगरी, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासीका २, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् । 
 


देवकोटाका अनुसार कोरोना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका, ९ का ३५ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म २०६ जना निको भएर घर फर्किएका छन् ।

Post Your Comment