Market Closed

कोरोना संक्रमितमध्ये २७ लाख ३८ हजार जना निको भएर घर फर्किए

31 May,2020
  • corona_3s_5_30_2020_10_25_24_5_31_2020_10_20_25.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६१ लाख ६० हजार २६९ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख ३० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ७१ हजार ६ पुगेको छ । हालसम्म २७ लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
 
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ४ हजार ५४२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १८ लाख १६ हजार ८२० पुगेको छ । अमेरिकामा ५ लाख ३५ हजार भन्दा धेरै उपचारपछि डिस्चार्ज भएका छन् ।
 
यता, अमेरिकापछि धेरै संक्रमित रहेको ब्राजिलमा ५ लाख जना संक्रमित हुँदा २८ हजार ८४९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्रै ब्राजिलमा ३३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने १ हजार भन्दा धेरैको मृत्यु भएको छ । यस्तै, रुसमा हालसम्म ३ लाख ९६ हजार ५७५ संक्रमित हुँदा ४ हजार ५५५ जनाको मृत्यु भएको छ । 
 
बेलायतमा हालसम्म ३८ हजार ३७६ जनाको मृत्यु भएको छ भने २ लाख ७२ हजार ८२६ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८६ हजार ३०८ पुगेको छ भने २७ हजार १२५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३२ हजार ६६४ पुग्दा ३३ हजार ३४० जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८८ हजार ६२५ हुँदा २८ हजार ७७१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, जर्मनीमा १ लाख ८३ हजार २९४ जना संक्रमित हुँदा ८ हजार ६०० जनाको मृत्यु भएको छ । यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ८२ हजार ८४३ संक्रमित हुँदा ५ हजार १८५ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा मात्रै भारतमा करिब ८ हजार संक्रमित थप भएका छन् । टर्कीमा १ लाख ६३ हजार १०३ संक्रमित हुँदा ४ हजार ५१५ को ज्यान गएको छ ।

इरानमा १ लाख ४८ हजार ९५० जना संक्रमित हुँदा ७ हजार ७३४ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा २ जना संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार १ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । पाकिस्तनमा ६९ हजार ४९६ संक्रमित हुँदा १ हजार ४८३ जनाको ज्यान गएको छ । बंगलादेशमा ४४ हजार ६०८ संक्रमित हुँदा ६१० को मृत्यु भएको छ । जापानमा १६ हजार ८०४ जना संक्रमित हुँदा ८८६ जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म १ हजार ४०१ जना संक्रमति फेला पर्दा २१९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment