Market Closed

धितोपत्र बोर्डले यसरी सार्वजनिक गर्यो सेयर बजार सुधारका फेहरिस्त

28 Jun,2020
  • sebon_6_30_2020_10_29_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले लक डाउनका अवधिमा बजार सुधारका लागि आफूहरुले गरेको कामको फेहरिस्त प्रस्तुत गरेको छ । लक डाउन अवधिमा बजार सुधार र आधुनिकीकरणका लागि पर्याप्त काम भएको समेत बोर्डले दाबी गरेको छ । यसैगरी, लक डाउनको बेला बजार पूर्णरुपमा अनलाइन प्रणाली विकास हुँदा सञ्चालन गर्न नसकिएको बताउँदै अब नेप्सेले त्यस्तो प्रणाली विकास गरिसकेको समेत बोर्डले उल्लेख गरेको छ ।

धितोपत्र बोर्डले असार १५ गते सोमबारबाट बजार सञ्चालन गर्न नेप्सेले निर्देशन दिएको बताएको छ । बजार खोल्दा कारोबार समय, सर्किट ब्रेकर, मूल्य सीमा लगायतका पक्षमा विचार गरेर उपयुक्त निर्णय गर्न समेत बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । यसैगरी, ब्रोकर कमिसन घटाउन सकिने वा नसकिने बारेमा पनि अध्ययन भइरहेको बोर्डले जानकारी गराएको छ । 
 
हेर्नुहोस् धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिको विस्तृत विवरण । 

Post Your Comment