काठमाडौं : सुनको मूल्य मंगलबार प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको भाउ तोलाको ९० हजार ७६५ रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य भने प्रतितोला ९४५ रुपैयाँ रहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको भाउ प्रतितोला ९० हजार ८६० रुपैयाँ रहेको थियो ।