Market Closed

असार २२ गतेसम्म बिमा शुल्क तिर्नेलाई जरिवना नलिन बिमा समितिको निर्देशन

30 Jun,2020
  • bima-samiti_6_30_2020_11_45_21.jpg
नेपाली पैसा
 
काठमाडौं : बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई ब्याज नलिन थप एक साता समय उपलब्ध गराएको छ  थप ७ दिनभित्र बिमा शुल्क बुझाए ब्याज (जरिवना) नलिन निर्देशन दिइएको हो । कोरोना तथा लक डाउनका कारण समितिले यसअघि असार १५ गतेसम्म बिमा शुल्क बुझाउनेलाई ब्याज नलिन निर्देशन दिएको थियो । यो समय सोमबार सकिएको छ । बिमाा समितिले थप १ साता समय थप्दै यो समय एक साता बढाएर असार २२ गतेसम्म पुर्याएको हो ।

यसअघि बिमा समितिले जेठ ३२ गते जीवन बिमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै लक डाउन समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर, सरकारले लक डाउन केही सहज गरेको भन्दै जीवन बिमा कम्पनीहरुले असार १५ पछि नवीकरण शुल्कमा ब्याज छुट नपाउने सूचना प्रकाशित गरेपछि समितिले फेरि एक साता समय उपलब्ध गराउनल निर्देशन दिएको हो । 
 
 
 
 
 

Post Your Comment