काठमाडौं : सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ४८ मिनेटमै नेप्से ४% ले बढेपछि नेप्सेले सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार रोकेको हो । बजार खुलेको १ घन्टाभित्रै ४% ले घटेमा वा बढेमा सर्किट ब्रेकर लागेर २० मिनेट कारोबार रोक्ने चलन छ । सोही अनुसार कारोबार रोकिएको हो ।
बिमा, उत्पादनमूलक, बैंक लगायत अधिकांश समूहका सूचक बढेका छन् । होटल र म्युचुअल फन्ड समूहमात्र घटेको देखिएको छ । कतिपय कम्पनीमा १०% भाउ बढेर सर्किट ब्रेकर समेत लागेको छ ।