Market Closed

सेयर बजार चम्किंदा दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट

30 Jun,2020
  • bull_and_bear_6_30_2020_7_07_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : कोरोना र लक डाउनका कारण आहात बनेका लगानीकर्तालाई मंगलबारको कारोबारले सकारात्मक सन्देश दिएको छ । लामो समयपछि खुलेको सेयर बजारमा बजार दोस्रो दिनमै एकाएक चमक आँउदा लगानीकर्ताले पनि केही राहत महसुस गर्न पाए । सोमबार बजार खुलेको ४० मिनेटमै नकारात्मक सर्किट लागेको थियो । तर त्यसपछि बजार विस्तारै सम्हालिएको थियो । यद्दपि, नेप्से घटेरै बन्द भएको थियो ।

तर मंगलबार भने बजार खुल्ने बित्तिकै रातो देखिएको भए पनि एकैछिन युटर्न भएको थियो । बजार आकर्षक हिसाबले बढेपछि सर्किट ब्रेकर लागेर रोक्नुपरेको हो । मंगलबार सूचक ७२.०५ अंकले बढेको छ । एक दर्जनभन्दा बढी कम्पनीमा भाउ बढेर सर्किट ब्रेकर लागेको छ ।

जसमा सबैभन्दा धेरै ७ वटा इन्सुरेन्स कम्पनी रहेका छन् । यस्तै, अन्य कम्पनीको पनि राम्रैसँग भाउ बढेको छ । नेप्सेले कम्पनीहरुको भाउ १०% बढेपछि त्यसभन्दा माथि जान नदिन सर्किट ब्रेकर लगाउने गर्छ । यसरी १०% भाउ घट्दा पनि सर्किट लगाउने चलन छ । 

भाउ बढेर सर्किट लाग्ने कम्पनीहरु 

 

Post Your Comment