Market Closed

सेयर बजार ६% ले घटेपछि बिहीबारका लागि बन्द, अब आइतबार खुल्ने

02 Jul,2020
  • NEPSE_building_7_2_2020_12_44_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार बिहीबारका लागि बन्द भएको छ । नेप्से ६% ले घटेपछि बिहीबार दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । मंगलबार र बुधबार सकारात्मक सर्किट लागेर बन्द भएको बजार बिहीबार त्यसको ठीक विपरीत ६% ले नकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको हो । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेकर लागेर नेप्से २० मिनेटका लागि स्थगित भएको थियो ।

त्यसपछि खुलेको बजार पुनः ४ मिनेटमै ५% ले घटेपछि पुनः दोस्रो नकारात्मक सर्किट लाग्दा ४० मिनेटका लागि बजार स्थगित भएको थियो । त्यसपछि फेरि १२ बजेर २७ मिनेटमा खुलेको बजार .१२ बजेर ४० मिनेट जाँदा फेरि ६% ले घटेको हो । ६% ले नेप्से घटबढ भएमा त्यस दिनका लागि कारोबार रोक्न चलन छ ।

राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएपछि लगानीकर्ताको मनोबल गिरेको हो । सत्तारुढ दल नेकपाभित्र किचलो बढेको छ । सरकार र पार्टीबीच किचलो बढेपछि सत्ताको नेतृत्व कसले सम्हाल्ने भन्ने दुविधा देखिएको छ । यसले सेयर बजार पनि प्रभावित भएको विश्लेषण भइरहेको छ । 

 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment