Market Closed

संसदको बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

02 Jul,2020
  • parliament_7_2_2020_2_13_03.jpeg
नेपाली पैसा
 
काठमाडौं : मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा भने विभिन्न आशंकाहरु सुरु भएको छ ।

आफ्नै दलबाट अप्ठेरोमा परेका उनले अध्यादेश मार्फत कुनै पनि निर्णय लिन सक्ने आशंकाहरु पनि भइरहेका छन् । उनकै दलका शीर्ष नेताहरु पनि प्रधानमन्त्रीसँग सशंकित देखिएका छन् । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटघाट गरेका थिए । प्रधानमन्त्रीको पार्टीले सरकार र अध्यक्ष दुवै पद छाड्न दबाब दिइरहेको छ । 
 

Post Your Comment