नेपाली पैसा
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

यस्तै, हालसम्म ५३ सय २० जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । अहिलेसम्म कोरोनाबाट निधन हुनेको संख्या ३१ जना पुगेको छ ।