Market Closed

सरकारले २३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

13 Jul,2020
  • NRB_new_7_13_2020_9_53_59.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले २३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०७७ साल पुस २८ गते परिपक्क हुनेछ । साथै, १ वर्षका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७८ साल असार २९ गते परिपक्क हुनेछ । 
 
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 
 
 

Post Your Comment