Market Closed

ङादी ग्रुप पावरको नाफा बढ्यो

13 Jul,2020
  • profit_nes_7_13_2020_10_08_36.jpeg
नेपाली पैसा 
 
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ङादी ग्रुप पावरको नाफा बढेको छ । यसअवधिमा कम्पनीले ४ करोड ६९ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १२.५३% ले बढी हो । गत वर्ष यसले ४ करोड १६ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ४३ लाख ९१ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत् बिक्रीबाट १० करोड ६६ लाख ५२ हजार रुपैयाँ  कमाएको थियो ।

यता, गत वर्ष ९ करोड १७ लाख २० हजार रुपैयाँ रहेको सञ्चालन खर्च यस वर्ष ९ करोड १२ लाख ५६ हजार रुपैयाँमा आएको छ । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ५३ करोड ५५ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोषमा ११ करोड १७ लाख ६४ हजार रुपैयाँ छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाा ६८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा छ । 
 
 
 
 
 

Post Your Comment