Market Closed

विश्वभर कोरोना भाइरसको यस्तो छ पछिल्लो अवस्था

13 Jul,2020
  • corona_3ss_7_13_2020_12_05_46.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३० लाख ४१ हजार ६९८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ७१ हजार ६६० पुगेको छ । हालसम्म ७५ लाख ८८ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३७ हजार ७८२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३४ लाख १३ हजार ९९५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ५८ हजार भन्दा धेरै नयाँ संक्रमित थपएिका छन् । 
 
ब्राजिलमा हालसम्म १८ लाख ६६ हजार १७६ जना संक्रमित हुँदा ७२ हजार १५१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ८ लाख ७९ हजार ७६६ संक्रमित हुँदा २३ हजार १८७ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख २७ हजार १६२ संक्रमित हुँदा ११ हजार ३३५ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख २६ हजार ३३६ जना संक्रमित हुँदा ११ हजार ८७० जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख १५ हजार ४१ संक्रमित हुँदा ६ हजार ९७९ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या ३ लाख ९८८ पुगेको छ भने २८ हजार ४०३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा २ लाख ९९ हजार ७५० जना संक्रमित हुँदा ३५ हजार ६ को मृत्यु भएको छ । बेलायतमा हालसम्म ४४ हजार ८१९ जनाको मृत्यु भएको छ भने २ लाख ८९ हजार ६०३ जना संक्रमित रहेका छन् । साउथ अफ्रिकामा २ लाख ७६ हजार २४२ जना संक्रमित हुँदा ४ हजार ७९ जनाको मृत्यु भएको छ ।

यता, इरानमा २ लाख ५७ हजार ३०३ जना संक्रमित हँदा १२ हजार ८२९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५१ हजार ६२५ संक्रमित हुँदा ५ हजार २६६ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ६१ पुग्दा ३४ हजार ९५४ जनाको मृत्यु भएको छ । साउदी अरबमा २ लाख ३२ हजार २५९ हजार संक्रमित हुँदा २ हजार २२३ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख १२ हजार ९९३ संक्रमित हुँदा ५ हजार ३६३ को ज्यान गएको छ ।

जर्मनीमा १ लाख ९९ हजार ९५० जना संक्रमित हुँदा ९ हजार १३४ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ८३ हजार ७९५ संक्रमित हुँदा २ हजार ३५२ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७० हजार ७५२ हुँदा ३० हजार ४ जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ हालसम्म ८३ हजार ६०२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २१ हजार ५०२ जना संक्रमित हुँदा ९८२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १६ हजार ८०१ जना संक्रमति फेला पर्दा ८ हजार ५८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३८ जनाको भने मृत्यु भएको छ ।    
 
 
 
 

Post Your Comment