Market Closed

राम्रो बनेको छ सेयर बजारमा माहोल

13 Jul,2020
  • bull_new_7_13_2020_3_14_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर खरिदबिक्री उत्साह जारी रहेको छ । कतिपय अल्पकालीन कारोबारीले नाफा बुक गर्नका लागि बिक्री परिमाण बढाइदिए पनि सोही अनुपातमा क्रेताहरु पनि उत्तिकै आइरहेको ब्रोकरहरुको भनाई छ । सूचकभन्दा पनि खरिदबिक्री रकममा उत्साह देखिंदा लगानीकर्ताहरु बजारप्रति थप विश्वस्त बन्दै गएको बुझ्न सकिन्छ । असार मसान्तमा आम लगानीकर्तालार्ई कर्जाको साँवा र ब्याज तिर्न सेयर बेच्नुपर्ने दबाब हुन्छ ।

तर यसका बाबजुत पनि बजारमा खरिद पक्ष बलियो हुनुलाई निकै सकारात्मक मानिएको छ । यतिबेला वित्तीय प्रणालीमा प्रचुर मात्रामा लगानीयोग्य रकम तरलता रहेको छ । तरलता सहज हुँदा लगानीकर्तालाई सजिलो भएको छ । बैंकहरुले सहजै सेयर कर्जा दिने वातावरण बनेको छ । कर्जाको ब्याजदर पनि क्रमशः घट्दैछ । नयाँ आर्थिक वर्षसँगै तरलता थप सहज हुने अपेक्षा छ ।

त्यसो हुँदा ब्याजदर अझै तल झर्नेछ । यसबाट सेयर बजारलाई थप सहयोग पुग्नेछ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । लगानीकर्ता सकारात्मक भएमा बजार विस्तारमा पनि सहयोग पुग्नेछ । नेप्से सूचक सोमबार २.१२ अंकले बढेर १३४२.४० विन्दुमा आइपुगेको छ ।



१८४ कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर किनबेच भएको छ । कुल १२ उपसमूहको कारोबार भएकामा ८ उपसमूहका सूचक माथि लागेका छन् । ५ वटा कम्पनीको भाउ १०% ले बढेको छ । खरिदबिक्रीमा प्रभु बैंक संस्थापक सबैभन्दा धेरै छ । यसको १० करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । दोस्रोमा पुनर्बिमा कम्पनी रहेको छ ।  

 
 

Post Your Comment