Market Closed

ब्याजदर फेरि घट्ने, कार्टेलिङ अन्त्य

13 Jul,2020
  • MBA_img_7_13_2020_4_11_28.jpg
नेपाली पैसा
 
काठमाडौं : वित्तीय प्रणालीमा लगानीयोग्य रकम ‘तरलता’ प्रचुर भएपछि बैंकहरुले अब ब्याजदर घटाउने भएका छन् । सोमबारको तथ्यांक अनुसार वित्तीय प्रणालीमा १ खर्ब ६३ अर्ब रुपैयाँ अधिक तरलता छ । तरलता थुप्रिएको तर त्यस अनुसार कर्जा प्रवाह भएको छैन । यसर्थ साउनदेखि धमाधम ब्याजदर घटेका सूचना आउने बैंकहरुको भनाई छ । अधिक तरलताको अवस्था भएपछि अबदेखि निक्षेपको ब्याजदर पनि बैंकहरु आफैंले निर्धारण गर्ने भएका छन् ।

सोमबार बैंकर्स संघले निक्षेपको ब्याजदर निर्धारणमा यसअघि कायम भद्र सहमति खारेज गर्ने निर्णय गरेको हो । अबबाट ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरुलाई नै छाडिदिएको छ । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरु बीच भएको छलफलमा ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरुलाई छाडिएको जानकारी दिइएको छ ।  
 
बैंकिङ प्रणालीमा अहिले तरलता फालाफाल भएका कारण लागत धान्न गाह्रो भएको भन्दै कतिपय बैंकहरुले ब्याजदर घटाउनुपर्ने भनिरहेका थिए । पछिल्लो भद्र सहमति अनुसार अहिले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७%, सर्वसाधारण मुद्दतिको ८.५% र बचतको ५.५% छ । अब बैंकहरुले साउन १ गतेबाट आफ्नो अनुकूलता हेरेर नयाँ घटेको ब्याजदर निर्धारण गर्ने छन् ।
 
 
 
 
 
 
 

Post Your Comment