Market Closed

अजोड इन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

13 Jul,2020
  • ipos_news_7_13_2020_6_10_15.jpg
नेपाली पैसा
 
काठमाडौं : अजोड इन्सुरेन्सको आइपीओमा आक्रमक रुपमा आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा यस आइपीओमा ४ लाख ९८ हजार ६४९ जनाले  १ करोड ८० लाख ५८ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् । यस अनुसार १ अर्ब ८० करोड ५८ लाखरुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ६.६१ गुणा बढी आवेदन हो ।

यद्दपि, यो नै अन्तिम तथ्यांक नभएको प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । यसमा अनलाइन मेरो सेयरबाट राति १२ बजेसम्म आवेदन दिन सकिने भएकाले यो तथ्यांक थप बढ्न सक्नेछ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन हो । 
 
अजोड इन्सुरेन्सले असार २५ गतेबाट ३० करोड रुपैयाँको आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । अजोडले कुल ३० लाख कित्ता आइपीओमध्ये ४% अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५% अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment