Market Closed

सुनको भाउले बनायो यसरी नयाँ रेकर्ड

15 Jul,2020
  • godls_7_15_2020_12_17_23.jpg
नेपाली पैसा
 
काठमाडौं : सुनको मूल्य बुधबार फेरि प्रतितोला ६ सय रुपैयाँले बढेपछि अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३६० रुपैयाँ निर्धारण भएको छ ।



यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९१ हजार ७६० रुपैयाँ थियो । यता, चाँदीको मूल्य ९९५ रुपैयाँ रहेको थियो । 
 
 

Post Your Comment