Market Closed

पछिल्लो २४ घण्टामा कोरोनाका २ लाख ५६ हजार नयाँ संक्रमित थपिए

17 Jul,2020
  • corona_21_7_17_2020_10_33_16.png
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ४९ हजार ३८६ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ९२ हजार ६९० पुगेको छ । अहिलेसम्म ८२ लाख ७८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ७८ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ९५ हजार २५ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४१ हजार ११८ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २० लाख १४ हजार ७३८ जना संक्रमित हुँदा ७६ हजार ८२२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १० लाख ५ हजार ६३७ संक्रमित हुँदा २५ हजार ६०९ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ५२ हजार ७९७ संक्रमित हुँदा ११ हजार ९३७ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ४१ हजार ५८६ जना संक्रमित हुँदा १२ हजार ६१५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ लाख २४ हजार २२१ जना संक्रमित हुँदा ४ हजार ६६९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख २४ हजार ४१ जना संक्रमित हुँदा ३७ हजार ५७४ को मृत्यु भएको छ । 
 
चिलीमा ३ लाख २३ हजार ६९८ संक्रमित हुँदा ७ हजार २९० जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ५ हजार ९३५ पुगेको छ भने २८ हजार ४१६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार ११९ जनाको मृत्यु भएको छ भने २ लाख ९२ हजार ५५२ जना संक्रमित रहेका छन् ।

यता, इरानमा २ लाख ६७ हजार ६१ जना संक्रमित हँदा १३ हजार ६०८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५७ हजार ९१४ संक्रमित हुँदा ५ हजार ४२६ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ७३६ पुग्दा ३५ हजार १७ जनाको मृत्यु भएको छ । 
 
साउदी अरबमा २ लाख ४३ हजार २३८ हजार संक्रमित हुँदा २ हजार ३७० जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख १६ हजार ८७३ संक्रमित हुँदा ५ हजार ४४० को ज्यान गएको छ । जर्मनीमा २ लाख १ हजार ८३६ जना संक्रमित हुँदा ९ हजार १५७ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ९६ हजार ३२३ संक्रमित हुँदा २ हजार ४९६ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७३ हजार ८३८ हुँदा ३० हजार १३८ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६२२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २२ हजार ८९० जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ३४४ जना संक्रमति फेला पर्दा ११ हजार २४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३९ जनाको भने मृत्यु भएको छ ।    
 
 

Post Your Comment