Market Closed

कोरोना संक्रमणको अवस्था हेर्नुहोस्

24 Jul,2020
  • coronavirus-agencies_7_24_2020_10_50_53.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ५४ हजार ६४९ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ३६ हजार ४७९ पुगेको छ । हालसम्म ९५ लाख ३५ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६९ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख ६९ हजार ९९१ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४७ हजार ३३३ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २२ लाख ८९ हजार ९५१ जना संक्रमित हुँदा ८४ हजार २०७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १२ लाख ८८ हजार १३० संक्रमित हुँदा ३० हजार ६४५ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ९५ हजार ३८ संक्रमित हुँदा १२ हजार ८९२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ४ लाख ८ हजार ५२ जना संक्रमित हुँदा ६ हजार ९३ जनाको मृत्यु भएको छ ।

पेरुमा ३ लाख ७१ हजार ९६ जना संक्रमित हुँदा १७ हजार ६५४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख ७० हजार ७१२ जना संक्रमित हुँदा ४१ हजार ९०८ को मृत्यु भएको छ । चिलीमा ३ लाख ३८ हजार ७५९ संक्रमित हुँदा ८ हजार ८३८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १७ हजार २४६ पुगेको छ भने २८ हजार ४२९ जनाको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४५ हजार ५५४ जनाको मृत्यु भएको छ भने २ लाख ९७ हजार १४६ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ८४ हजार ३४ जना संक्रमित हँदा १५ हजार ७४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६९ हजार १९१ संक्रमित हुँदा ५ हजार ७०९ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ६० हजार ३९४ हजार संक्रमित हुँदा २ हजार ६३५ जनाको मृत्यु भएको छ । 

इटालीमा संक्रमितको संख्या २ लाख ४५ हजार ३३८ पुग्दा ३५ हजार ९२ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख २३ हजार ३१५ संक्रमित हुँदा ५ हजार ५६३ को ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख १६ हजार ११० संक्रमित हुँदा २ हजार ८०१ को मृत्यु भएको छ । जर्मनीमा २ लाख ५ हजार १४२ जना संक्रमित हुँदा ९ हजार १८७ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७९ हजार ३९८ हुँदा ३० हजार १८२ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ७५० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २७ हजार २९ जना संक्रमित हुँदा ९९० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १८ हजार २४१ जना संक्रमति फेला पर्दा १२ हजार ८४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४३ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment