Market Closed

सुनको भाउमा फेरि बन्यो अर्को नयाँ रेकर्ड

02 Aug,2020
  • gold_img_7_31_2020_10_53_03_8_2_2020_11_23_26.jpg
नेपाली पैसा

काठमाडौं  : सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा आइतबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार १६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यता, चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ । 

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८६५ रुपैयाँ निर्धारण भएको थियो । 
 

Post Your Comment