Market Closed

विश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

02 Aug,2020
  • corona_sa_6_30_2020_12_10_59_8_2_2020_12_17_03.jpg
नेपाली पैसा

काठमाडौं  : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८० लाख २५ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६८ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ८८ हजार ९६२ पुगेको छ । हालसम्म १ करोड १३ लाख ३३ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ लाख ६४ हजार १३ पुगेको छ । यहाँ हालसम्म १ लाख ५७ हजार ८९८ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २७ लाख ८ हजार ८७६ जना संक्रमित हुँदा ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १७ लाख ५४ हजार ११७ संक्रमित हुँदा ३७ हजार ४१५ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ४५ हजार ४४३ संक्रमित हुँदा १४ हजार ५८ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ५ लाख ३ हजार २९० जना संक्रमित हुँदा ८ हजार १५३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख ३४ हजार १९३ जना संक्रमित हुँदा ४७ हजार ४७२ को मृत्यु भएको छ । पेरुमा ४ लाख २२ हजार १८३ जना संक्रमित हुँदा १९ हजार ४०८ जनाको मृत्यु भएको छ । 
 
चिलीमा ३ लाख ५७ हजार ६५८ संक्रमित हुँदा ९ हजार ५३३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ३५ हजार ६०२ पुगेको छ भने २८ हजार ४४५ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख  ६ हजार ७५२ जना संक्रमित हँदा १६ हजार ९८२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार १९३ जनाको मृत्यु भएको छ भने ३ लाख ३ हजार ९५२ जना संक्रमित रहेका छन् । पाकिस्तानमा २ लाख ७९ हजार १४६ संक्रमित हुँदा ५ हजार ९७० जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ७७ हजार ४७८ हजार संक्रमित हुँदा २ हजार ८८७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४७ हजार ८३२ पुग्दा ३५ हजार १४६ जनाको मृत्यु भएको छ ।  
 
बंगलादेशमा हालसम्म २ लाख ३९ हजार ८६० संक्रमित हुँदा ३ हजार १३२ को मृत्यु भएको छ । टर्कीमा २ लाख ३१ हजार ८६९ संक्रमित हुँदा ५ हजार ७१० को ज्यान गएको छ । जर्मनीमा २ लाख ११ हजार ७७ जना संक्रमित हुँदा ९ हजार २२६ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८७ हजार ९१९ हुँदा ३० हजार ३६५ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ३८५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३५ हजार ८३६ जना संक्रमित हुँदा १ हजार ११ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २० हजार ८६ जना संक्रमति फेला पर्दा १४ हजार ४९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५६ जनाको भने मृत्यु भएको छ ।  
 

Post Your Comment