Market Closed

पछिल्लो २४ घण्टामा कोरोनाका २ लाख ८ हजार नयाँ संक्रमित थपिए

04 Aug,2020
  • corona_nes_8_3_2020_10_41_32_8_4_2020_11_31_07.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ४४ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ९७ हजार १८९ पुगेको छ । हालसम्म १ करोड १६ लाख ७५ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ४२ हजार १७४ पुगेको छ । यहाँ हालसम्म १ लाख ५८ हजार ९२९ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २७ लाख ५१ हजार ६६५ जना संक्रमित हुँदा ९४ हजार ७०२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १८ लाख ५५ हजार ३३१ संक्रमित हुँदा ३८ हजार ९७१ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ५६ हजार २६४ संक्रमित हुँदा १४ हजार २०७ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ५ लाख १६ हजार ८६२ जना संक्रमित हुँदा ८ हजार ५३९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख ४३ हजार ८१३ जना संक्रमित हुँदा ४८ हजार १२ को मृत्यु भएको छ । पेरुमा ४ लाख ३३ हजार १०० जना संक्रमित हुँदा १९ हजार ८११ जनाको मृत्यु भएको छ । 
 
चिलीमा ३ लाख ६१ हजार ४९३ संक्रमित हुँदा ९ हजार ७०७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ४४ हजार १३४ पुगेको छ भने २८ हजार ४७२ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख १२ हजार ३५ जना संक्रमित हँदा १७ हजार ४०५ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार २१० जनाको मृत्यु भएको छ भने ३ लाख ५ हजार ६२३ जना संक्रमित रहेका छन् । पाकिस्तानमा २ लाख ८० हजार २९ संक्रमित हुँदा ५ हजार ९८४ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ८० हजार ९३ हजार संक्रमित हुँदा २ हजार ९४९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४८ हजार २२९ पुग्दा ३५ हजार १६६ जनाको मृत्यु भएको छ ।  
 
बंगलादेशमा हालसम्म २ लाख ४२ हजार १०२ संक्रमित हुँदा ३ हजार १८४ को मृत्यु भएको छ । टर्कीमा २ लाख ३३ हजार ८५१ संक्रमित हुँदा ५ हजार ७४७ को ज्यान गएको छ । जर्मनीमा २ लाख १२ हजार ३२० जना संक्रमित हुँदा ९ हजार २३२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ९१ हजार २९५ हुँदा ३० हजार ९९४ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ४६४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३८ हजार ६८७ जना संक्रमित हुँदा १ हजार १२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २० हजार ७५० जना संक्रमति फेला पर्दा १४ हजार ९६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५७ जनाको भने मृत्यु भएको छ ।  
 

Post Your Comment