Market Closed

फेरि लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

04 Aug,2020
  • corona-meeting-kp-oli_8_4_2020_5_21_04.jpg
नेपाली पैसा

काठमाडौं : जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बोलाएर गरेको परामर्शमा जनस्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । पछिल्लो समय कोरोना संक्रमण्म बढ्दो भएकोले ’छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । लकडाउन नगरेमा थप भयावह हुन सक्ने भन्दै उनीहरूले सरकारलाई छिटोभन्दा छिटो उचित कदम चाल्न आग्रह गरेका थिए । 
 
पछिल्लो समय तराईका ठुला शहर र काठमाडौंमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । 
 

Post Your Comment