Market Closed

गुराँस लाइफ इन्सुरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामीमा आउने

09 Aug,2020
  • auction_new_6_20_2019_10_30_47.jpg
नेपाली पैसा 

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको १००% हकप्रद सेयर बिहीबार (साउन २२ गते) बाँडफाँट भएको छ । यस कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८७ लाख ९५ हजार १८६ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ५ लाख ९० हजार १४ कित्ता हकप्रद बिक्री हुन सकेन । यसमा १२ हजार ९०३ जनाले आवेदन दिएका थिए ।

बिक्री नभएको बाँकी सेयर गुराँसले अब लिलामीमा ल्याउनेछ । कम्पनीले असार १४ देखि साउन ४ गतेसम्म ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर बिक्रीपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याएको हो । 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment