क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजले सुरु गर्यो अनलाइनबाटै खाता खोल्ने सेवा

09 Aug,2020
  • crystal_2_8_9_2020_3_42_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले अनलाइनमार्फत खाता खोल्न सकिने सेवा सुरु गरेको छ । अब लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत नयाँ खाता खोल्न सक्नेछन् । कम्पनीले क्रिष्टलसेक्युरिटिज डट कम () मार्फत यस्तो सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।

अब लगानीकर्ताले आफ्नो डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्नका लागि पनि ब्रोकर कार्यालयसम्म धाइरहनुपर्ने छैन । ग्राहकले यही वेबपेजमा गएर सेयर कारोबारका लागि नयाँ खाता खोल्न तथा पुरानो खाता अद्यावधिक गर्न सक्नेछन् । नयाँ खाता खोल्न चाहनेले दरखास्त प्रमाणीकरणका लागि एक पटकमात्र कार्यालयमा गए पुग्नेछ । 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment