Market Closed

कोरोना भाइरसबाट थप १४ जनाको निधन, अरु १३ सय ५९ जना संक्रमित थपिए

04 Sep,2020
  • coronavirus-agencies_8_29_2020_4_47_18_8_30_2020_4_37_38_8_31_2020_4_54_32_9_4_2020_4_28_46.jpg
नेपाली पैसा

काठमाडौं : नेपालमा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ सय ५९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ४ सय ५४ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ८६ जना, ललितपुरमा ३६ जना र भक्तपुरमा ३२ जना संक्रमित भेटिएका छन् ।


यस्तै, पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल २७१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

Post Your Comment