Market Closed

निजी ल्याबमा कोरोना परीक्षण दाबी भुक्तानी प्रकरण : अध्ययन गर्न समिति गठन

06 Sep,2020
  • beema_samiti_9_6_2020_5_00_09.jpg
नेपाली पैसा
 
काठमाडौं : व्यापक आलोचना भएपछि कोरोना बिमाको दाबी भुक्तानी सम्बन्धमा बिमा समितिले निजी क्षेत्रसँग छलफल गरेको छ । सरकारी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमात्र भुक्तानी गर्ने निर्णय माथि छलफल भएको हो । छलफलमा भदौ २१ गते सम्ममा बिमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरुमध्ये सरकारी निकायहरुबाट पोजेटिभ भएका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी दिने सहमति भएको छ ।

त्यसैगरी, निजी प्रयोगशालाहरुबाट प्राप्त दाबीहरुको छानबिन गर्न बिमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । बिमा मापदण्ड २०७७ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिधि रहेको अनुदान व्यवस्थापन समिति बनाइ छानबिन गरिनेछ । उक्त समितिको सुझावका आधारमा दाबी भुक्तानी सम्वन्धी निर्णय गर्ने बीमा समितिले जनाएको छ ।

यता, बिमा समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड संशोधन नहुन्जेलसम्मका लागि कोरोना बिमालेख खरिद गरेका बीमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुमा पीसीआर परिक्षण गर्न समितिले आग्रह गरेको छ । छलफलमा बिमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल विमक संघ लगायतका संस्थाहरुका पदाधिकारी सहभागी थिए । 
 
 

Post Your Comment