नेपाली पैसा
काठमाडौं : काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।