Market Closed

कोरोना भाइरसबाट थप ९ जनाको निधन, १ हजार ३९ नयाँ संक्रमित थपिए

13 Sep,2020
  • coronavirus-agencies_8_29_2020_4_47_18_8_30_2020_4_37_38_8_31_2020_4_54_32_9_1_2020_4_32_35_9_6_2020_4_29_05_9_13_2020_4_29_54.jpg
नेपाली पैसा

काठमाडौं  :  नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा ११ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ३४५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

Post Your Comment