नेपाली पैसा
काठमाडौं : नेपालमा आइतबार कोरोना भाइरसबाट थप १३ सय २५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्राित निको भएर फर्किएका छन् । योसँगै अहिलेसम्म ४६ हजार २३३ जना उपचारपछि निको भएका छन् । यता, पछिल्लो २४ घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको । योसँगै, अहिलेसम्म ४११ जनाको ज्यान गइसकेको छ ।