Market Closed

गोर्खाज फाइनान्सका लगानीकर्ताले यसपटक लाभांश नपाउने

24 Sep,2020
नेपाली पैसा

काठमाडौं : गोर्खाज फाइनान्सले कात्तिक ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार (असोज ७  गते) बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । सभा होटल क्राउन इम्पेरियल, सोल्टीमोड काठमाडौंमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुनेछ । यसले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लाभांश वितरण नगरिने जनाएको छ । सभा प्रयोजनका लागि गोर्खाजले असोज १८ गतेबाट कात्तिक ५ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, असोज १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । 
 
 

Post Your Comment