Market Closed

लघुवित्तको लाभांश १० वर्षसम्म लिन नगए बैंकिङ विकास कोषमा जम्मा हुने

24 Sep,2020
  • nrb_9_24_2020_8_16_27.jpg
नेपाली पैसा
 
काठमाडौं : लघुवित्त कम्पनीहरुको लाभांश १० वर्षसम्म पनि  लिन नजाने सेयरधनीको पैसा अब बैंकिङ विकास कोषमा जम्मा हुने भएको छ । यसअघि ५ वर्षसम्म लाभांश लिन नजाने लगानीकर्ताको पैसा केन्द्रीय बैंकले तोकेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई यसअघि जारी गरेको निर्देशन २०७६ संशोधन गर्दै अहिले नयाँ व्यवस्था गरेको हो ।

त्यस्तै, लघुवित्त संस्थाहरुले १० वर्षदेखि कारोबार नभएको बचत खाता, हकदाबी नपरेका निक्षेपहरु तथा वितरण नभएको लाभांश विवरण १० वर्ष अवधि समाप्त भएको १ महिनाभित्र सार्वजनिक सूचना जारी गर्नुपर्ने छ । सूचना प्रकाशित हुँदा समेत त्यस्तो खाता नियमित नभएमा र बाँकी रकम भुक्तानी नभएमा उक्त पैसा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३  बमोजिम बैकिङ विकास कोषमा जम्मा गर्नुपर्नेछ ।


 

Post Your Comment