Market Closed

कोरोना भाइरसका २२ सय ५३ नयाँ संक्रमित थपिए, अरु ७ जनाको निधन

04 Oct,2020
  • 1_10_4_2020_4_31_07.jpg
नेपाली पैसा

काठमाडौं :  नेपालमा थप २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय ५३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।


यस्तै, पछिल्लो २४ घण्टामा १३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ५३५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Post Your Comment