Market Closed

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका सम्पूर्ण सेवा बन्द

08 Oct,2020
  • corona_nes_10_8_2020_10_26_39.jpg
 
कञ्चनपुर : आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको संक्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् । 
 
यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि आजदेखि अति आवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् । नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा जनाइएको छ ।
 
रासस
 

Post Your Comment