नेपाली पैसा
काठमाडौं : नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ६३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।