Market Closed

संसारभरमा कोरोना संक्रमितको संख्या पौने ४ करोड नाघ्यो

15 Oct,2020
  • coronavirus-agencies_10_9_2020_11_10_52_10_15_2020_11_59_02.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८७ लाख ४७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ९६ हजार ८८८ पुगेको छ । हालसम्म २ करोड ९१ लाख २७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ लाख ५० हजार ४३ पुगेको छ । यहाँ हालसम्म २ लाख २१ हजार ८४३ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ७३ लाख ७ हजार ९७ संक्रमित हुँदा १ लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५१ लाख ४१ हजार ४९८ जना संक्रमित हुँदा १ लाख ५१ हजार ७७९ जनाको मृत्यु भएको छ । रुसमा १३ लाख ४० हजार ४०९ संक्रमित हुँदा २३ हजार २०५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ९ लाख ३७ हजार ३११ पुगेको छ भने ३३ हजार ४१३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ९ लाख ३१ हजार ९६७ संक्रमित हुँदा २४ हजार ९२१ जनाको मृत्यु भएको छ । कोलम्बियामा ९ लाख ३० हजार १५९ संक्रमित हुँदा २८ हजार ३०६ जनाको मृत्य भएको छ । पेरुमा ८ लाख ५६ हजार ९५१ जना संक्रमित हुँदा ३३ हजार ५१२ जनाको मृत्यु भएको छ । 
 
मेक्सिकोमा ८ लाख २९ हजार ३९६ जना संक्रमित हुँदा ८४ हजार ८९८ को मृत्यु भएको छ । फ्रान्समा ७ लाख ७९ हजार ६३ संक्रमित हुँदा ३३ हजार ३७ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ९६ हजार ४१४ जना संक्रमित हुँदा १८ हजार १५१ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ६ लाख ५४ हजार ६४४ जना संक्रमित रहेका छन् ४३ हजार १५५ जनाको मृत्यु भएको छ । 
 
इरानमा ५ लाख १३ हजार २१९ जना संक्रमित हँदा २९ हजार ३४९ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ८५ हजार ३७२ जना संक्रमित हुँदा १३ हजार ४१५ को मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ८२ हजार ९५९ जना संक्रमित हुँदा ५ हजार ५९३ को मृत्यु भएको छ । इटलीमा ३ लाख ७२ हजार ७९९ जना संक्रमित हुँदा ३६ हजार ३८९ जनाको मृत्यु भएको छ । जर्मनीमा ३ लाख ४१ हजार ७४२ जना संक्रमित हुँदा ९ हजार ७७१ जनाको मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४० हजार ५९० हजार संक्रमित हुँदा ५ हजार १०८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख २१ हजार २१८ संक्रमित हुँदा ६ हजार ६१४ जनाको ज्यान गएको छ । 
 
नेपालमा भने अहिलेसम्म १ लाख १७ हजार ९९६ जना संक्रमति फेला पर्दा ८० हजार ९५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ६७५ जनाको भने मृत्यु भएको छ । जापानमा ९० हजार १४० जना संक्रमित हुँदा १ हजार ६३८ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ६२२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment