Market Closed

थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

20 Oct,2020
  • 2_10_16_2020_4_42_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ३९ हजार १२९ जना पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।


 
यता, पछिल्लो २४ घण्टामा २१ सय ८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म कुल ७६५ जना पुगेको छ ।

Post Your Comment