Market Closed

कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो, ३६ सय ३७ नयाँ संक्रमित थपिए

22 Oct,2020
  • 11_10_20_2020_4_56_59_10_21_2020_11_08_55_10_22_2020_4_33_05.jpeg
नेपाली पैसा 

काठमाडौं : नेपालमा थप ३६ सय ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । जसमा काठमाडौं उपत्यकामा मात्र १५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंमा मात्रै १२ सय ८३ जना रहेका छन् भने भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा ३२ सय १५ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८१२ जना पुगेको छ ।

Post Your Comment