Market Closed

थप २२ सय २५ जनामा कोरोना संक्रमण

24 Oct,2020
  • 2_10_16_2020_4_42_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 

 
यता, पछिल्लो २४ घण्टामा २८ सय ४६ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८४२ पुगेको छ ।

Post Your Comment