Market Closed

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण, १८ जनाको निधन

05 Nov,2020
  • 2_10_16_2020_4_42_35_11_4_2020_4_40_35.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।


 
यता, पछिल्लो २४ घण्टामा ३४ सय ३० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ५२ जना पुगेको छ ।

Post Your Comment