Market Closed

अरुण काबेली पावर कस्तो छ ? हेर्नुहोस् आधारभूत अनि प्राविधिक विश्लेषण

21 Nov,2020
  • Arun-Kabeli-Power_8_9_2017_1_39_20.jpg
नेपाली पैसा 

आधारभूत विश्लेषण 
 
काठमाडौं : अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासमा ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४ लाख ३ हजार रुपैयाँ घाटा थियो । यस त्रैमासमा २२ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री र १ लाख ८० हजार रुपैयाँ अन्य श्रोतबाट गरी कुल २२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष २५ मेगावाटको ‘काबेली बी १’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यवसाययिक उत्पादन सुरु गरेपछि अघिल्लो त्रैमासबाट वित्तीय विवरणमा नाफा देखिन थालेको हो ।

 
अरुण काबेलीको रोयल्टी तथा परियोजना खर्च गरी कुल १ करोड ११ लाख रुपैयाँ प्रत्यक्ष खर्च देखिन्छ । त्यस्तै, व्यवस्थापन खर्च ५० हजारबाट बढेर ४३ लाख २१ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ८ करोड ४२ लाख रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ५० करोड रहेको यस कम्पनीले २० करोड ६० लाख रुपैयाँ जगेडा कोषमा छुट्याएको छ । गत वर्षको यसै अवधिमा अरुण काबेलीको जगेडा कोष १ करोड ५९ लाख रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको तरलता अनुपात २.०८% रहेकाले छोटो अवधिको दायित्वहरु तिर्नमा कुनै समस्या नरहेको देखिन्छ । गत वर्षको यसै अवधिमा तरलता अनुपात ०.१८% मात्र थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३० रुपैयाँ २८ पैसा छ भने किताबी मूल्य प्रतिसेयर ११३ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पति मूल्य गत वर्ष भन्दा ७.२४ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ ।  

अरुण काबेली पावरको चालु आर्थिक वर्षको पहिलो त्रैमाास 
   
अरुण काबेली पावरको विगत ५ वर्षको वित्तीय विवरण 



 
मैनबत्ति आकृति विश्लेषण  
 
यस साता कारोबार बन्द हुँदा रातो मैनबत्ति बनेको छ । जसको माथिल्लो भागमा तल्लो साइड पट्टि लामो स्याडो रहेको छ । यस मैनबत्ति आकृतिले यस साता लगानीकर्ताले अत्याधिक नाफा बुक गरेता पनि अन्त्यमा पुनः खरिदकर्ताको आगमन भएको देखाउँछ । मैनबत्ति आकृतिले लगानीकर्ताको मनोविज्ञान दर्साउने गर्छ । 
 
१४ दिने  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)
 
अरुण काबेलीको १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५६ को स्केलबाट ६० को स्केलमा पुगेको छ । अरुण काबेली हाइड्रोको मूल्य लामो समयदेखि ६० स्केल भन्दा माथि नै रहेकाले ट्रेन्ड बुलिस रहेको देखाउँछ । आरएसआई ३० भन्दा मुनि ओभर सोल्ड तथा ७० स्केल भन्दा माथि ओभरबटमा विभाजन गरी बजारको रणनीति बनाउन उपयोगी प्राविधिक औजार मानिन्छ । 
 
कमोडिटी च्यानल इन्डेक्स (सीसीआई) :
 
अरुण काबेलीको सीसीआई इन्डेस्क २२१ स्केलबाट २८ स्केलमा आएको छ । सीसीआई धनात्मक १०० भन्दा माथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गए पछि घट्ने संकेत मानिन्छ ।
 
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीड)
 
गत ओक्टुबरदेखि एमएसीड घटिरहेको छ । वियारिस क्रशपछि घटिरहेको छ । हिस्टोग्राम पनि जेरो लाईन भन्दा तल छ । एमएसीडीले बजारको मोमेन्टम देखाउने गर्छ ।  
 
बोलिन्जर ब्याण्ड 
 
बोलिन्जर ब्याण्डको मूल्यले माथिल्लो ब्याण्डबाट मिडल ब्याण्ड आएको छ । भोलाटिलिटी मापन गर्ने बोलिन्जर ब्याण्डको अपर ब्याण्ड, मिडल ब्याण्ड तथा लोवर ब्याण्ड तीन वटै रेखा खुचिएको छ । सामान्यतय बोलिन्जर ब्याण्ड खुम्चिएको अवस्थामा कम उतारचढाव हुने संकेत गर्दछ । 
 
निष्कर्ष
 
गत आवको पहिलो त्रैमासमा ४ लाख ३ हजार रुपैयाँ घाटामा रहेको अरुण काबेली पावर लिमिटेडले चालु आर्थि वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा ११ करोड ३५ लाख रुपैंया नाफा गरेको छ । कम्पनीले निर्माण गरेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन थालेसँगै नाफा देखिन थालेको हो । 
 
कम्पनीले खर्च व्यवस्थापन गर्न सकेमा आगामी दिन राम्रो हुन सक्ने सम्भावना छ । यस पटक नेप्सेमा उछाल आउँदा हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै बढ्यो । अरुण काबेलीको सेयर मूल्य पनि ११५ रुपैयाँबाट लगातार बढेर करिब ३ सयको हाराहारीको उचाई बनायो । गत बिहीबार कारोबार बन्द हुँदा यसको सेयर भाउ ५ रुपैयाँले बढेर २७३ रुपैयाँ रहेको छ ।

बोलिन्जर ब्याण्डको तीनवटै रेखा खुम्चिएकाले उतारचढाव हुने देखिन्छ । अन्य प्राविधिक परिसूचक १४ दिने आरएसआई ६० माथि तथा एमएसीड बियारिस क्रशको निरन्तरता र हिस्टोग्राम जेरो लाइन तल रहेकाले खरिदका लागि केही समय पर्खनु बुद्धिमानी हुने देखिन्छ । 
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन, लगानी गर्नुअघि थप अध्ययन गर्न हुन अनुरोध गरिन्छ । 
 

Post Your Comment