Market Closed

संसारभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ करोड नाघ्यो

22 Nov,2020
  • corona_3_11_22_2020_1_11_20.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ८४ लाख ९४ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १३ लाख ८६ हजार ५७० पुगेको छ । हालसम्म ४ करोड ४ लाख ६७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २४ लाख ५० हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ६१ हजार ७९० हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ९० लाख ९५ हजार ९०८ संक्रमित हुँदा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६० लाख ५२ हजार ७८६ जना संक्रमित हुँदा १ लाख ६९ हजार १६ जनाको मृत्यु भएको छ । फ्रान्समा २१ लाख २७ हजार ५१ संक्रमित हुँदा ४८ हजार ५१८ जनाको मृत्यु भएको छ । रुसमा २० लाख ६४ हजार ७४८ संक्रमित हुँदा ३५ हजार ७७८ जनाको मृत्यु भएको छ । 
 
स्पेनमा संक्रमितको संख्या १५ लाख ८९ हजार २१९ पुगेको छ भने ४२ हजार ६१९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म १४ लाख ९३ हजार ३८३ जना संक्रमित रहेका छन् ५४ हजार ६२६ जनाको मृत्यु भएको छ । यता, इटलीमा १३ लाख ८० हजार ५३१ जना संक्रमित हुँदा ४९ हजार २६१ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १३ लाख ६६ हजार १८२ जना संक्रमित हुँदा ३६ हजार ९०२ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा १२ लाख ४० हजार ४९३ संक्रमित हुँदा ३५ हजार १०४ जनाको मृत्य भएको छ । नेपालमा भने अहिलेसम्म २ लाख १८ हजार ६३९ जना संक्रमति फेला पर्दा १ लाख ९३ हजार ३२५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १३ सय ५ जनाको भने मृत्यु भएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार ४३१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment