Market Closed

२४ घण्टामा ५६ सय ९९ जना निको हुँदा १६ सय ६९ संक्रमित थपिए

22 Nov,2020
  • 2_10_16_2020_4_42_35_11_22_2020_4_57_45.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख २० हजार ३०८ जना पुगेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा ५६ सय ९९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १३ सय २१ जना पुगेको छ ।

Post Your Comment