Market Closed

थप १९ सय ४८ जनामा कोरोना संक्रमण

25 Nov,2020
  • 2_10_16_2020_4_42_35_11_20_2020_4_38_33.jpg
नेपाली पैसा  
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख २६ हजार २६ जना पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा यस्तो जानकारी गराइएको हो ।


 
यता, पछिल्लो २४ घण्टामा ३१ सय ४० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख ७ हजार ९९८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १३ सय ८९ जना पुगेको छ ।

Post Your Comment