Market Closed

निर्यात १४.३% बढ्दा आयात १२.७% घट्यो, यस्तो छ देशको वर्तमान आर्थिक स्थिति

25 Nov,2020
  • nrb_10_5_2020_9_53_21.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल वस्तु निर्यात १४.३ प्रतिशतले बढेर ३१ अर्ब ५ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४% र ७.४% ले निर्यात वृद्धि भएको छ ।

तर, चीनतर्फ भने ५३.२% ले निर्यात घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।


 
यता, आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा कुल वस्तु आयात १२.७% ले घटेर २ खर्ब ९२ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३% ले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६%, २६.९% र १९.०% ले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरञ्ंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

 

Post Your Comment