Market Closed

नेप्से राउण्डअप : बुलिसमा बन्यो नयाँनयाँ रेकर्ड, बजार पुँजीकरण २५ खर्बमाथि

27 Nov,2020
  • bullsa_11_27_2020_12_28_46.png
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेले नयाँ नयाँ रेकर्ड बनाउने क्रम यस साता पनि जारी रहेको छ । यो साता दैनिक कारोबार रकम, बजार पुँजीकरणका साथै नेप्से सूचकले पनि इतिहास रचेको छ । बिहीबार कारोबार रकम ७ अर्ब ६१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । नेप्से सूचकले यसअघिको १८८१ विन्दुको रेकर्ड तोड्दै १८९३.२४ विन्दुमा आइपुगेर बन्द भएको छ । यद्दपि, नेप्सेले बिहीबार १९२६.५६ विन्दुसम्म पुगेर अल टाइम हाइ रेकर्ड बनाएको थियो ।

त्यसपछि केही तल झरेर बन्द भएको हो । यो साता पनि नेप्से बुलिस गतिमै रहेको देखिन्छ । गत साताको अन्तिम विन्दु १७७८.१२ को तुलनामा नेप्से ६.४७% ले बढेको छ । बिहीबारको बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । नेप्सेमा यो साताभर दैनिक कारोबार रकम ४ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी छ । जसले बजारको बुलिस गतिलाई प्रष्ट पारेको छ ।



सबैभन्दा थोरै सोमबार ४ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै बिहीबार ७ अर्ब ६१ करोडको कारोबार भएको छ । यो साताभर औसतमा दैनिक ६ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन इतिहासकै सबैभन्दा उच्च दैनिक औसत कारोबार रकम हो । 
 
नेप्सेको समूहगत प्रदर्शन 
 
गत साताको तुलनामा होटल र जीवन बिमा समूहबाहेक अरु सबै समूहहरुमा वृद्धि आएको छ । उत्पादनमूलक समूह सबैभन्दा बढी १४.९३% ले बढेको छ । त्यसपछि, अन्य समूह ११.४८% र वाणिज्य बैंक समूह ८.७०% ले बढेको छ । यो साता नेप्सेले इतिहासकै उच्च विन्दु छुनुमा वाणिज्य बैंक समूहमा भएको ठूलो वृद्धि नै प्रमुख कारण देखिन्छ ।



 
धेरै कमाउने 
 
यो साता धेरै कमाउनेको सूचीमा आँखुखोला जलविद्युत कम्पनी पहिलो भएको छ । आँखुखोलाको सेयर भाउ ३१.१५% ले बढेको छ । यस्तै, दोस्रोमा नबिल बैंक २४.८६% बढेको छ । यस साता नेप्सेमा फरकफरक समूहका कम्पनीहरु धेरै कमाउनेको सूचीमा परेका छन् । धेरै कमाउनेको सूचीमा वाणिज्य बैंक समूहका कम्पनीहरु पनि परेकाले समग्र बजारप्रति नै बुलिस रहेको बुझ्न सकिन्छ । 



धेरै गुमाउने 
 
यो साता धेरै गुमाउनेमा आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । यसको सेयर भाउ १२.३८% ले घटेको छ । तर भाउ घट्नुको प्रमुख कारण भने बोनस सेयरमा भएको मूल्य समायोजन हो । त्यसपछि फर्स्ट माइक्रोफाइनान्सको भाउ ८.०८% र माउन्टेन हाइड्रोको भाउ ७.१४% ले घटेको छ ।

 

Post Your Comment